२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने ,सजक हुनु सुझाव

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।

बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन्।

उनले यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताइन्। उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराइन्। यसैगरी उनले यो वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आँकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिइन्।

पोखरेलले भनिन्, ‘मनसुनको वर्षा र तापक्रम यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। यसैगरी यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ।’

विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन्।

उनले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद् मनसुनको अवधिमा हुने बताइन्। उनले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटना बढी हुने भएकाले तयारी अवस्थामा बस्नुपर्ने बताइन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।