२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

अछाममा दिदिबहिनी मृत अबस्थामा फेला

अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार रानिवनकै  सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२ वर्षीयाछोरी प्रेमकला बिकको शव बिहीबार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

परिवारका सदस्यहरूले बुधबार रातिदेखि दुवै किशोरी सम्पर्कविहीन भएको जनाउँदै खोजी कार्य सुरु गरेका थिए।

खोजीकै क्रममा बिहीबार बिहान उनीहरूको शव जंगलमा भेटिएको हो।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
दुवै किशोरीले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन। घटनापछि स्थानीयवासी स्तब्ध बनेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।