२०८३ असार २ मंगलवार
Social Media Icons
२०८३ असार २ मंगलवार


एकेन्द्र चन्द,डोटी/ विगतमा घरायसी प्रयोगका लागि मात्रै आलु खेती गर्दै आएका डोटीका किसान अहिले व्यावसायिक आलु खेती तर्फ आकर्षित भएका छन् ।
डोटीमा १ हजार ३ सय ६५ हेक्टर जमिनमा हिउँदेआलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

चक्लावन्दिमा आलु खेति तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अहिले जिल्लाको शिखर नगरपालिका, केआई सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका किसानहरुले  चक्लावन्दिमा आलु खेति गरिरहेका छ्न ।
जिल्लामा लगभग २ सय जनाको   हाराहारीमा ब्यवसायिक आलु खेती गर्ने किसानको  संख्या रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्तथिले बताउनुभयो।
शिखर नगरपालिका- १ कपल्लेकी (गुठेउरी)का किसान इन्द्र खत्रीले १५ रोपनी जमिनमा हिउँदे आलु खेती गर्नु भएको छ।

गाउँ सम्म पुग्ने सडक निर्माण भएको भएपनी यो बर्ष रोड सफाइको काम नहुदा आलु लगायत कृषि उपजहरु बजार सम्म पुर्याउन  समस्या हुने उहाँले बताउनु भयो ।

पोहोर साल केजिको ४० रुपैयाँ सम्ममा आलु बिक्रि गरेको बताउदै आलु खेती लगायत टमाटर लसुन लगायतको खेती गर्दै आएका छु कृषि गरेर छोरा छोरी लगायत घर खर्च चलाउन सहज भएको उहाँले बताउनु भयो ।

हिउँदे आलुमा देखिने रोग किराको लागि निःशुल्क रुपमा विषादी बिउ आलुमा अनुदान यस वर्षबाट नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मलचिङमा आलु खेती विस्तार र जसले कम पानीमा पनि आलुको उत्पादन बढाउन सकिने लगायत सिचाईमा पनि सघाउने गरेको छौ  यो वर्ष पनि आलुको अवस्था राम्रो  रहेको छ ।

मौसमले साथ दियो भने यस वर्ष हिउँदे आलुको उत्पादन बढ्ने आँकलन रहेको   प्रमुख अवस्तथिले बताउनु भयो ।

किसानहरूले लसुन खेती पनि गर्दै आएका र धेरै जस्तो  झारपातको समस्या हुने गरेको छ। यसलाई रोक्न यस वर्षदेखि नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मल्चिङमा लसुन खेती गर्ने कार्यक्रम समेत सुरु भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय डोटीमा व्यवसायिक कृषि पेशा गर्नेको संख्या समेत वृद्धि हुँदै गएको देखिन्छ ।

डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं.३ काे कानाचाैरबाट २८० जना बसाइ सरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालय बाट यश वर्ष सबै भन्दा बढीले बसाई सराइको सिफारिस लिएको वडा सचिव केसर सिंह बुढा ले बताए ।

यो क्षेत्रमा भौगोलिक विकटता, विद्धुत,सञ्चार,सडक, गुणस्तरीय शिक्षा,स्वास्थ्य  जनताको पहुँचमा नहुनु , र स्थानीय सरकारले जनतालाई आयआर्जन मुखी बनाउन नसक्दा र रोजगारी सृजना गर्न नसके कारण बसाई सराई दर बढेको स्थानीय ले बताए ।

यो क्षेत्रमा जे गरे पनि बसाइ सराई रोक्न नसकिने वडा अध्यक्ष कृष्ण बहादुर बमले बताए । उनले भने आजभोलि सबै रोजगारीका लागि भारत र अन्य तेस्रो मुलुक जान्छन् उतैबाट तराई तिर घर वास जाेड्छन, हुने खाने पहिल्यै गइसके आज भोलि सबै जेनतेन गरेर पैसा जम्मा गर्छन् हिन्छन ।

मानिसलाई जति जति सेवा सुभिदा भयो झन् बढी सुविधा खाेज्छन त्यस कारण बसाई सराई रोक्ने कुरा चुनौती भएको अध्यक्ष बमले बताए । 

यसरी पहाड बाट बर्सेनि बसाइ सराई बढ्दै जानुले सरकार जनता प्रति उत्तरदायी नभएको देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।