
डोटीमा कालाजार रोगसम्बन्धी स्वास्थ्यकर्मीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
दिपायल राजपुरमा स्वास्थ्य सेवा विभाग, इपिडेमोलोजी रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन ,जनस्वास्थ्य तथा सरुवारोग अनुसन्धान केन्द्रको आयोजनामा आईतवार अभिमुखीकरण कार्यक्रम गरिएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय डोटी र स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा डाेटीका ९ वटै पालिकाका स्वस्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मी हरुकाे सहभागीतामा कार्यक्रम भएको थियोे ।
कालाजार राेग उलमुलन कालागि सरकारकाे लिएको लक्ष्य अनुसारकाे कार्य गर्नकालागि, कालाजार राेगकाे पहिचान,उपचार र नियन्त्रणमा सहयाेग पुग्नका लागि र छालामा हुने कालाजार पहिचान , उपचारका र नियन्त्रणका लागि बिज्ञहरुकाे सहजिकरणमा अभिमुखिकरण गरिएकाे हाे ।
अभिमुखिकरण कार्यक्रमले कालाजार राेगकाे पहिचान गरि उपचारकालागि सहज हुने सहभागी ले बताए ।
कालाजार एक स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ।
विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख सङ्क्रमण हुने गरेको पाइन्छ ।





