
डोटी ,
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ केदारअखडाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमलाई मध्य नजर गर्दै जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो ।
वडा नम्बर -२ का ६६ जना जेष्ठ नागरिक महिला र पुरुष लाई केही हदसम्म चिसो बाट बच्न र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई एक एक थान कम्बल बितरण गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष भरत बमले बताउनु भयो ।
न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ ।
लक्ष्मी वि. क डोटी_ हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले ज्याकेट वितरण गरेको छ। हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेल्धुराले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गरिब असहाय अपाङ्गता दुखी विपन्न व्यक्तिहरूलाई ज्याकेट वितरण गरेको हो ।
शुक्रवार सिलगढीमा रहेको पूज्य धर्मान्तक वृद्धा आश्रममा रहेका वृद्धहरूलाई ज्याकेट हिमालय लाइफ इन्स्योरेन्स उप प्रदेशिक कार्यालयका प्रमुख टेकराज आचार्य र दिपायल शाखा प्रमुख शिवनाथ गुप्ता ‘तेली’ले वितरण गरेका हुन् ।
हिमालय लाइफ इन्स्योरेन्सले विभिन्न ठाउँ भेटिएका असहाय अशक्त वृद्ध ज्येष्ठ नागरिकलाई वितरण गरेको प्रमुख आचार्यले जानकारी दिए । अछाममा पनि वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका एक सय जनालाई वितरण गर्ने आचार्यले बताए ।
बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा सु प प्र ०१००१ च ४०२८ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि सिगास गाउँपालिका–१ इरानाका १४ वर्षिय जयन्ती धामी र १९ वर्षिय पार्वति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीहरुको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी काया्र्रलय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
यस्तै सो दुर्घटनामा परि सोहि ठाउँका ४० बर्षिय तुलसी धामी, १६ बर्षिय निरा धामी, १८ वर्षिय कमला धामी र १४ बर्षिय भागरथि धामी घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भएरहेको बताइएको छ ।
शनिवार बिहान ४ बजे जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।





