
डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं ७ काे कार्यालय पाेखरिले राष्ट्रपति रनिङ शिल्ड बिजेतालाई सम्मान गरेकाे छ ।




वडा कार्यालयमा आज (आइतबार) एक कार्यक्रमकाे आयाेजना गरि ३३ जना छात्र छात्रालाई शैक्षिक सामाग्री र नगद पुरस्कार दिएर सम्मान गरीएकाे वडा सचिव बिष्णु खड्काले जानकारी दिए ।

पुर्विचाैकी गाउपालिका डाेटीमा भएकाे छैटौ राष्ट्रपति रनिङ शिल्डमा वडा नं ७ पाेखरिमा रहेकाे मष्टामाण्डाै माध्यमिक विद्यालयका बिद्यार्थीले सबै भन्दा बढी स्वर्ण पदक लिएर प्रथम भएका थिए ।

याे विद्यालय भाैगाेलिक दृष्टिले दुरिमा भए पनि सिमित स्रोत र साधनका बाबजुद पनि विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शनी गरेर राष्ट्रपति रनिङ शिल्डकाे उपाधि दिलाएकोमा धन्यवाद दिदै सम्मान गरिएको वडा अध्यक्ष प्रेम खड्काले बताए ।

गत पुस २९ गतेे सम्पन्न पालिका स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुर्विचाैकि गाउपालिका वडा नं ७ मा रहेेकाे मष्टामाण्डाै माध्यमिक विद्यालयले १४ स्वर्ण ५ रजक, ५ कास्य सहित उपाधि जितेकाे थियाे ।
डाेटी ,,माघ ,१३
डोटीको पुर्वीचौकी गाउँपालिकामा रोजगार कार्यक्रमका सहभागीलाई अभिमुखीकरण गराइएको छ ।
यही माघ ९ गते पालिकाको वडा नं.७ पोखरी बाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम वडा नं.३ गैरागाँउमा आज(आइतबार) सम्पन्न भएको गाउँपालिका रोजगार संयोजक हरिभक्त साउँद बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पालिका भरीका विभिन्न विकास निर्माणका योजनाहरू निर्माण मर्मतका लागी ८४ जना व्यक्तिहरूलाई अभिमुखीकरण गराइएको रोजगार संयोजक साउँद बताए ।

पालिकाको वडा नं. १ खीरसैनका १४ जना, वडा नं. २ बगलेकका १० जना, वडा नं. ३ गैरागाउँका १२ जना, वडा नं. ४ सानागाउका ११ जना, वडा नं. ५ काडामाण्डौका १६ जना, वडा नं. ६ गाँजरीका ९ जना र वडा नं. ७ पोखरीका १२ जना सहभागी रहेका थिए ।

कार्यक्रममा सहभागिहरुले आ.व २०८१/०८२ मा माघ ०९ गते देखि वैशाख २५ गते सम्म जम्मा १०० दिनको रोजगार पाउने छन् श्रमिकले सहभागी भए बापत १ दिनको रु.६६८ का दरले ज्याला रकम पाउने बताइएको छ ।

आ.व. २०८१÷/०८२ को कार्यक्रममा ७ वटै वडाबाट छनौट भएका श्रमिकहरूलाई वडा स्तरीय अभिमुखीकरण गराई रोजगार कार्यक्रममा सहभागी गराइएको हो ।
काममा सहभागी श्रमिकहरूको नेपाल सरकारले ७ लाख बराबरको बिमाको पनि व्यवस्था गरेको छ ।
माघ १३, बडिकेदार । डोटीमा सुत्केरी बेथा लागेकी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । आइतबार जिल्लाको बडीकेदार गाउँपालिका–५ केदारमाण्डौकी २३ वर्षिया बिष्ना देवी पुन मगरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुत्केरी बेथा लागि सुत्केरी हुन नसकेर अचेत अवस्थामा पुगेपछि मगरलाई हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आज बिहान साढे १० बजेको समयमा सुत्केरी हुन नसकेर अचेत अवस्थामा रही स्थानीय सामुदायिक स्वास्थ्य इकाई सेउडेखेतमा उपचार भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको पहलमा महिलाको उद्धार गरिएको प्रहरीले बताएको छ ।
अहिले उनको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
अछाम– अछाममा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।
बाख्रा चराउन गएका ढकारी गाउँपालिका–८ पल्साता बस्ने १३ र १५ वर्षीया दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।
मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए। प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रवार गाईवस्तु चराउन सँगै जंगल गएका थिए।
साँझसम्म पनि उनीहरु घरमा नआएपछि परिवारले खोजी गरिरहेको थियो। प्रहरीमा भने खबर भएको थिएन।
किशोरीका परिवारले खोजी गर्ने क्रममा स्थानीय षोडशा सामुदायिक वनमा शनिवार साँझ ६ बजेपछि उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए।
घटनास्थलमा प्रहरी पुगिसकेको भए पनि राति अनुसन्धान हुन सकेन। आइतवार बिहानै घटनास्थलमा खटिएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।
डाेटी,, माघ १३
डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेका छन ।
सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० का बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको बताएको छ ।
हिजो माघ १२ गते शनिबार मात्रै छोरीको उपचार गर्न भनि घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीका चालक पदमा कार्यरत छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी धारीलो हतियार (खुडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको चालक छत्र खड्कालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको कमाण्डमा टोली खटिई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ डाेटीका अध्यक्ष प्रकाश बम सहित ४ जना सम्मानित भएका छन ।

शैलेश्वरी क्षेत्र विकास समिति डोटीले जिल्लाको विभिन्न क्षेत्रको विकासमा योगदान गरेको भन्दै ४ जनालाई सम्मान गरेको छ।

शनिवार शैलेश्वरी क्षेत्र विकास समितिले आफ्नो ५३ औँ वार्षिक साधारण सभा कार्यक्रममा पत्रकार ,मूर्तिकार तथा साहित्यकार धन बहादुर मल्ल, डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशी , डोटी स्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा र नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेको हो।
सम्मानित हुने चार जनालाई शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका मुख्य पुजारी प्रेम शंकर भट्टले सम्मान गरेका हुन् ।





