२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

डोटी ,२० माघ–डोटीमा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा ३ हजार ४ सय ८.६२ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।

उक्त सुन्तला बिक्री गरेर कृषकले ८ करोड आम्दानी गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए। उक्त आर्थिक वर्षमा २ सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।
डोटीमा आर्थिक वर्ष २०७८।०७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७९।८० मा आउँदा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख अवस्थीले बताए । गत वर्षको तुलनामा यस वर्ष १ सय ६८.६२ मेट्रिक टन बढी उत्पादन भएको कार्यालयको तथ्याङ्क छ।

जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१,२,७, र बडीकेदार गाउँपालिकाको वडा नमबर १ पातल मुडा रजेडा , वडा नम्बर २ को छेडा ,कोटक्यान्या, वडा नम्बर ४को खेतालि टिमुट्ट,रनुकाँडा,पुन्तडा र वडा नम्बरको ५को लानाका बस्तीमा सुन्तला खेती विस्तारको सम्भावना छ। डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरीया ,धनगढी ,महेन्द्रनगर नेपालगंजका व्यापारीले लैजाने गरेका छन्। सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्।

डोटीमा सुन्तला उत्पादनमा बढावा दिन ज्ञान केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामाग्रीहरू सहयोग गर्दै आइरहेको छ भने आगामी दिनमा कृर्षि उपजलाई ब्रान्डीङ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत ज्ञान केन्द्र प्रमुख अवस्थिले बताए ।

सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् तर जिल्लाका अन्य स्थानीयतहहरुमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले ४० हजार देखी १५ लाख सम्मको सुन्तला बिक्री वितरण गर्दै आइरहेको पाइन्छ ।

पछिल्लो समयमा कृर्षि उपज सङ्कलनको लागि व्यापारीहरू किसानहरूको घरदैलोमा आउने गरेकोले किसानहरूले उत्पादन गरेका सुन्तला लगायतका कृर्षि उपजको लागि बजारीकरणको समस्या नरहेको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रति केजी १ सय रुपियाँमा बिक्री वितरण हुने गरेको पाइए पनि किसानहरूले तुलनात्मक रूपमा प्रति केजी ५० देखी ६१ रुपियाँका दरले बारीमा बिक्री वितरण गर्ने गरेको पाइन्छ । डोटीको लागि सुन्तलाको मुख्य बजार धनगढी, नेपालगन्ज, बुटवल, काठमाडौँ रहेको छ ।

बझाङ,,माघ १९
बझाङकाे जयपृथ्वी नगरपालिका भित्रका दुर्घटनाको अति जोखिमयुक्त स्थानहरूको पहिचान गरी शनिवार ट्राफिक सचेतना बोर्ड राखिएको छ।

वडा नं ११ को सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले “ब्ल्याक स्पट”का रूपमा चिनिएको भोपुर स्थित मोडमा यो बोर्ड स्थापना गरेको हो।

उक्त क्षेत्र सवारी साधनहरू तीव्र गति र मनोमानी गतिमा चलाइने ठाउँ भएकाले दुर्घटना बढी हुने स्थान हो।

यसलाई ध्यानमा राख्दै, सम्भावित दुर्घटनाको जोखिम घटाउन र सवारी चालकहरूलाई सचेत गराउन बोर्ड स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

बोर्ड स्थापना गरेर चालकहरूलाई सचेत बनाउन सकिने र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद कुमार बिष्टका अनुसार, यो प्रयासलाई अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना छ, स्थानीय तहसँग समन्वय गर्दै।

त्यसैगरी, तीव्र गतिमा गाडी चलाउनु, मादक पदार्थ सेवन गर्नु, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको दुरावस्थाजस्ता कारणहरू दुर्घटनाका प्रमुख कारक हुन्।

डोटी । प्रेस चौतारी नेपाल डोटीको अध्यक्षमा प्रेम नेपाली चयन भएका छन् ।

शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले नेपालीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा तेजबहादुर ओली, महिला उपाध्यक्षमा सुनिता धामी, सचिवमा गंगाराम कुन्जेडा, सहसचिवमा विमल रोकाया र रेखा दर्लामी तथा कोषाध्यक्षमा वसन्ती भट्टलाई चयन गरेको निवर्तमान उपाध्यक्ष सरस्वती साउदले जानकारी दिइन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा शिव ओली र सरस्वती साउद तथा प्रदेश प्रतिनिधिहरुमा सुनिता धामी र विष्णु कोली चयन भएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।