२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

माघ २३ डोटी
विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधवार नेपाल कम्युनिस्ट पार्टी डोटीको जिल्ला बैठकको समारोहमा नेकपा ऐमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विमल सिले बताएका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा ऐमाले पार्टी परित्याग गर्नेमा दिपायल सिलगढी नगरपालिका ६ का दिल बहादुर बिक,३ का रोसश नेपाली २ का ध्वज बहादुर शाही, शिखर नगरपालिका ११ का कृष्ण बलायर, दिसिनपा १ का शेर बहादुर बिक रहेका छन् भने नेकपा माओवादी पार्टी परित्याग गर्नेमा दिसिनपा ३ का पुष्कर बिक, ३ का प्रेम आउजी, १ का चन्द्र नेपाली, ४ की पार्वती भूल, ४ का अमृत भूल, ४ का कल्पना भुल, ४ की बसन्ती भुल, २ की कमला नेपाली, १ की नारु देवी बिक रहेको केन्द्रीय सदस्य विमल सिले बताए । नेकपा पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई केन्द्रीय सदस्य विमल सी र प्रदेश इन्चार्ज रणवीर सिले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका प्रदेश इन्चार्ज रणवीर सिको आतिथ्यमा सञ्चालन भएको बैठकमा जिल्ला स्थित नेता कार्यकर्ता हरूको सहभागिता रहेको थियो । बैठक दिपायलमा सम्पन्न भएको थियो ।

माघ २३ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले वडा नम्बर १ अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरेको छ ।

बुधवार वडा नम्बर १ को कार्यालय रिसेडीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने हेतुले वडा अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरेको बताइन् ।

पालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत बताइन् ।

वडा अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि अरूलाई अन्य कार्यक्रममा समावेश गरिने समेत बताइन् ।
पालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको कार्य प्रशंसायोग्य रहेको जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले बताए । आगामी दिनमा पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।

ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबैको दायित्व रहेको वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहराले बताए ।

ज्येष्ठ नागरिकहरूलाई नेपाल सरकार र पालिकाले दिने गरेको विभिन्न सुविधाहरू आफै आफ्नो स्वास्थ्यको लागि प्रयोग गर्न आवश्यक रहेको समेत अध्यक्ष बोहराले बताए ।
पालिकाले वडा नम्बर १ बाट सुरुवात गरेको ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम क्रमशः पालिका अन्तरगतका सबै वडाहरूमा सञ्चालन गरिने जनाएको छ ।

वडा नम्बर १ मा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति डोटीका सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।