
अछाम । अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका–११ बाब्लाकी ६५ वर्षीया निखिरा नेपालीको घर नजिकै बेडुलाको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मंगलबार दिउँसो १ बजे घरबाट दुई सय मिटरको दुरीमा रहेको रुखमा घाँस काट्न गएकी उनी लडेर घाइते भएकी थिइन् ।
लडेर घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।





