२०८३ बैशाख ६ आईतवार
Social Media Icons
२०८३ बैशाख ६ आईतवार

डोटी: डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ ।

डोटीका नौ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा जोरायल गाउँपालिकाले १७ स्वर्ण, १८ रजत र ९ कास्य गरी कुल ४४ पदक सहित प्रथम उपाधी उचालेको हो । त्यसैगरी दिपायल सिलगढी नगरपालिकाले १० स्वर्ण, ३ रजत र १२ कास्य गरी २५ पदक सहित दोस्रो स्थान ओगटेको छ भने शिखर नगरपालिकाले ७ स्वर्ण, ७ रजत र ५ कास्य सहित जम्मा १९ पदक सहित तेस्रो स्थान ओगटेको छ ।

त्यस्तै आदर्श गाउँपालिकाले ७ स्वर्ण, २ रजत र ४ कास्य गरी १३ पदक, बडिकेदार गाउँपालिकाले ४ स्वर्ण, १४ रजत र ९ कास्य गरी २७ पदक, के.आई.सिंह गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी १५ पदक हात पार्न सफल भएका छन् ।

त्यसैगरी बोगटान फुडसिल गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक, पूर्वीचौकी गाउँपालिकाले १ स्वर्ण र ४ कास्य गरी ५ पदक र सायल गाउँपालिकाले १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गर्न सफल भएका छन् ।

बडिकेदार गाउँपालिका–१, बिपिनगरस्थित केदार सूर्य बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कूल ५४ स्वर्ण, ५३ रजत र ५१ कास्य पदक रहेको जनाइएको छ।

डोटी जिल्ला खेलकुद समितिको आयोजनामा फागुन १७ देखि संचालन भएको उक्त प्रतियोगिता आज २० गते मंगलबार सम्पन्न भएको हो ।

बाजुरा ः गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् ।

घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार (आज) मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताएका छन् ।

करिब एक सय मिटर तल खोचाँको खोलामा उनको लास फेला परेको उनले बताएका छन् । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारी समेत हुन् ।

वस्तुभाउको लालन पालन गर्नका लागि जिल्लामा स्थानीयले वर्षेनी ज्यान गुमाउनु परेको छ । उनको अन्तिम संस्कार छोरा र दाई पुगे मात्र गरिने भएको छ । छोरा नेपाल प्रहरी र दाई भारतमा रहेका छन् ।

उनीहरु बिहीबार मात्र पुग्ने बुझिएको छ । एकाएक मृत्यु भएका कारण सिंगो टाँडाकोट गाउँ अहिले शोकमा परेको छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।