
डोटीः डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शिखर नगरपालिका–७ बस्ने दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको आइतवार करिब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्दा मन्धरीको मृत्यु भएको हो।
फागुन २५, डोटी । डोटीबाट धनगढी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप गए राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो ।
आफै अनियन्त्रित भई जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन ।
जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन् । घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।





