
वैशाख १७ गते,डोटी : डोटीमा एक जना महिलाले २३ वर्ष पछि अपंगता परिचयपत्र पाएकी छन् ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका -५ धिर्कामाण्डाै घर भएकी इसरा बोहराले अपंगता भएको २३ वर्ष पछि परिचयपत्र पाएकी हुन् ।

बुधवार गाउँपालिका उपाध्यक्ष विस्ना देउवा बमको नेतृत्वमा गएको टोलीले बोहराको घरमा गएर ‘क’वर्गको अपंगता परिचय पत्र वितरण गरेको हो ।
स्थानीय सरकारले पालिका भित्र रहेका अशक्त,असहाय तथा सेवाबाट वन्चितरहेकाहरुको खोज तलास गरेर अपाङ्गता परिचय वितरण लगायतका सेवा दिने गरेको उपाध्यक्ष बमले बताइन् ।
अपाङ्ग भएका व्यक्तिले आफ्नो हक अधिकार सुनिश्चित गर्न परिचय पत्र वितरण गरेको उनले बताइन् ।
घरमा आएर छोरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी र अपंगता परिचयपत्र पाउँदा निक्कै खुसी लागेको उनका बुवा वीर बहादुर बोहरा बताए ।
लामो समय देखि अशक्त छोरीको परिचय पत्र बनाएर सहयोग गरेकोमा उनले स्थानीय सरकार लगायतलाई धन्यवाद दिए ।
परिचय पत्र वितरण कार्यक्रममा उपाध्यक्ष बम, वडा नम्बर -५का वडा अध्यक्ष राम बोहरा, शिक्षा शाखा प्रमुख चेतराज बिनाडी, कम्प्युटर अपरेटर उत्तम साउँद , चवरा चौतारा स्वास्थ्य चौकीमा कार्यरत डाक्टर सन्जित यादव,प्रहरी लगायत उपस्थिति रहेको थियो ।
डोटी- डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ईभी माइक्रो दुर्घटना भएको हो ।
सु .प. प्र ०२००१ ज.०५६७ नम्बरको इभी हाइस गए राति साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट ५०-६० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते हुनेमा जिल्ला बैतडी डिलासैनी गाउँपालिका- ४ का ४५ वर्षीय हर्क नेगी सोही ठाउँका २७ वर्षीय धीरेन्द्र नेगि ,४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना नेगि, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र थप अनुसन्धान भइरहेको छ।।





