२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

डोटीको पुर्वीचौकी गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त तथा मुख सम्बन्धी उपचार शिविर बाट करिब ३०० जनाले सेवा लिएका छन् ।

पुर्वीचौकी गाउँपालिकाको आयोजना सगरमाथा हेल्थ फउण्डेशन हेल्थ केयर नेपालको सहयोग,आम्दा नेपाल जोरपाटी काठमाण्डौको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

बर्षौ देखी दाँतको समस्या भएका विरामिका लागि लाभदायक शिविर भएको भन्दै पुर्वीचौकी गाउँपालिकाले पालिका बासिको स्वास्थ्य समस्याहरूको मध्यनजर गर्दै बेलाबेलामा विभिन्न शिवरिहरु सञ्चालन गरेको पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

यही जेठ २१ गते देखी सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको पुर्वीचौकी स्वास्थ्य शाखा प्रमुख पूर्ण धानुकले बताए ।

गाउँपालिकाको वडा नं.४ सानागाउँमा रहेको आयुर्वेदिक औषधालयको कार्यालयमा सञ्चालन भएको शिविर वाट मुख सम्बन्धी समस्या भएका र दाँत सम्बन्धी समस्या भएका बिरामीले सेवा लिएका हुन ।

धनगढी, जेठ २४ –
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव समारोहमा पत्रकार पुष्पराज जोशी सम्मानित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा रहेर डोटेली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पत्रकार जोशीलाई नगदसहित पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको हो ।

पत्रकार जोशीसँगै साहित्यकार तथा संस्कृतिविद् एमव् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, डा. विश्वगुरु गौरीशंकराचार्यजी महाराज, सामाजिक सचेतनामा योगदान पु¥याएको भन्दै कानुन अधिकृत तथा लेखक दानबहादुर सुनार र डोटेली भाषाका प्रथम समाचारवाचक ओमप्रकाश जोशीलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा प्रा.डा. रामचन्द्र पोखरेल (पोखरा), प्र्रा. माधव वियोगी (पोखरा), प्रा. डा. निर्मलमणि अधिकारी (काठमाडौं), प्रा.डा.देवी नेपाल (काठमाडौं), डा. पिताम्बर अवस्थी (पिथौरागढ), प्रा. डा. भीम खतिवडा (धरान), महेश बराल (पिथौरागढ), हेमा जोशी परु (खटिमा भारत) लाई सम्मानित गरिएको हो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए । कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावल, सामाजिक विकास मन्त्री मेघराज खड्का, श्री १००८ विश्वगुरु गौरीशंकराचार्य जी महाराज, प्रा.डा. रामचन्द्र पोखरेल, प्रा. डा. देवी नेपाल, प्रा. डा. भीम खतिवडा, डेउडा गायक नन्दकृष्ण जोशी, प्रा. डा. निर्मलमणि अधिकारी, प्रा. डा. जनार्दन आचार्य, साहित्यकार प्रा. माधव वियोगी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ महानन्द ढकाल, साहित्यकार किरण आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ कृष्णराज सर्वाहारी, साहित्यकार जि.के. पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल तथा भारतका कवि तथा साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले बतायो ।

डोटीः डोटीको बोेगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा पालिका स्तरीय बृहत् खेलमैदानको निर्माण कार्य सुरु गरिएको छ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले शनिवार मैदान निर्माणको शुभारम्भ गरेका छन्।

गाउँपालिकाले निर्माण गर्न लागेको यो खेलमैदानलाई निर्वाचन क्षेत्रको सबैभन्दा ठुलो मैदान बनाउने लक्ष्य राखिएको छ। यो खेल मैदानको कुल लागत २४ लाख रुपैयाँ रहने जनाइएको छ। अध्यक्ष गड्सिलाले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्यले खेलमैदानको योजना अघि बढाइएको बताए। उनले खेलकुद क्षेत्रको विकासमार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरेका छन्।

स्थानीय वासीहरूमा मैदान निर्माणको खबरले खुसियाली छाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस कदमले गाउँमा खेलकुद गतिविधि बढ्नेसँगै स्थानीय प्रतिभाहरूको प्रोत्साहन हुने जनाएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।