२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

दिपायल, असार १२ गते । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

पूर्ण खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लक्षमण बहादुर सिंहले विहिबार सिलगढीमा आयोजित एक समारोहका बीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो ।

१५ महिना मुनिका बालबालिकाको संख्या ३ हजार ४ सय ५३ रहेको र उनिहरुमध्ये शुन्य खोप लगाउनेको संख्या पनि नभेटिएको मलासीले जानकारी दिए । तर ति बालबालिकामध्ये ६ जना बालबालिकाहरुले आंशिक खोप लगाएको पाईए पनि प्रक्रिया अनुसार उनिहरुलाई खोप लगाई सकिएको जनाईएको छ ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । जिल्लाका नियमित खोप लगाउने जन्मेदेखि १५ महिना सम्मका ३ हजार ४ सय ५३ बालबालिकाहरुलाई पूर्ण रूपमा नियमित खोप लगाए पछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको उहाँले बताउनु भयो ।

जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या १० हजार ४ सय १५ जना रहेको छ । त्यसमध्ये खोपको शून्य डोज लगाउन छुटेका ६ जना र आंशिक खोप लगाउन छुटेका एक सय १२ जना बालबालिकाहरुको खोजि गरेर खोप लगाइएको स्वाथ्य कार्यालय डोटीका खोप संयोजक डिल्ली रमण जोशीले बताउनु भयो ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १४ वटा रोग विरुद्ध १३ किसिमका खोप प्रदान गरिन्छ । जिल्लाका बालबालिकाहरूले यी सबै खोपहरु पूर्णमात्रामा पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

डोटी जिल्लालाई पहिलो पटक २०७५ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक सिंहले बताउनु भयो ।

डोटी यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा हुने सुदूरपश्चिम प्रदेशको पहिलो जिल्ला हो । घोषणा कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख, स्वाथ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

पूर्णखोप सुनिश्चितता घोषणा गर्ने पहिलो पालिका शिखर नगरपालिका र पहिलो वडा शिखर – १० लाई सम्मान गरिएको थियो । कार्यक्रममा खोप अभयान सञ्चालन गर्न खटिने स्वाथ्यकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

भक्तपुर- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनुभयो ।

उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ ।

अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।”

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।