२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

गणेश बहादुर मौनी
असार २५डोटी
एक्सीस परियोजना अन्तरगत बडीकेदार गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिले परियोजनाको अनुगमन गरेको छ ।
बालिका तथा समावेशी शिक्षा सञ्जाल गुनासो सुनुवाइ समिति विद्यालय सुधार योजना अन्तरगत समितिले बुधवार बर्छैन माध्यामीक विद्यालयमा गठन गरेको सञ्जालको गतिविधिको बारेमा अनुगमन गरी समीक्षा गर्नुका साथै समितिका काम कर्तव्यको बारेमा जानकारी गराइएको एक्सीस परियोजना जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।
बडीकेदार गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन परियोजनाले सहयोग गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, शाखाका कर्मचारी, संस्थाका कर्मचारी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गरी शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

तेजु ओलि ,असार २५

डोटी जिल्ला प्रशासन कार्यालयको सभाहलमा आज सूचना अधिकारी तथा सञ्चारकर्मीबीच समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरू तथा सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा सूचनाको हक ऐनको प्रभावकारी कार्यान्वयन, जिल्लाका सतहमा आएका गुनासाहरु,सरकारी सूचना प्रवाहमा पारदर्शिता, तथा सञ्चारकर्मी र सरकारी निकायबीचको समन्वयका विषयमा गहन छलफल भएको थियो।

यसरी जिल्ला स्थित सरकारी कार्यलय का सुचना काररी र संचारकर्मि संगै भएको बैठक नया र प्रभावकारी भएको बताउदै पत्रकार कर्ण चन्दले प्रहरी बाट पाएको सुचना आधिकारिक भएता पनि पछाडि हटेको ले आम जनमानसमा असर पर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले भ्रामक सूचना र अफवाह नियन्त्रण, विपद् तथा आकस्मिक अवस्थाहरूमा सूचना व्यवस्थापन, तथा गुनासो संकलन, नागरिक वडापत्र र जवाफदेहिता लगायतका बिषयमा कुरा राख्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशिले कार्यक्रम समापन गर्दै बैठकले सूचना अधिकारीहरूलाई नागरिकमैत्री ढंगले सेवा प्रवाह गर्न प्रेरित गर्ने र सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित जानकारी दिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। सुचना आधिकारिक र सन्चारकर्मी विच संगै एउटै ठाउमा सहभागी गराउदा गुनासो समयमै समाधान हुने र सुचना आम जनमानसमा चाडै पुग्ने बताउनुभयो।

दार्चुला ,,,,

दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे कृषि शाखाले जिउदै मानिसलाई मरेकाे भनी ग्लाेबल आई.एम.ई बैंक गाेकुलेश्वर दार्चुला शाखालाई खाता खाेल्न सिफारिस गरेकाे छ ।

शैल्यशिखर नगरपालिका वडा नं. ६ मा गठित मालिकार्जुन अगुवा कृषक समुहका अध्यक्ष जानकि धामी र सचिव मन्जु धामीकाे मृत्यु भई खता निष्कृिय भएकाे र समुहका नयाँ अध्यक्ष जनक सिंह धामी र सचिव बसन्ती बाेहराकाे हस्ताक्षर बाट खाता संचालन हुने गरि खाता नविकरण गर्न शाखा प्रमुख दिपक बिस्ट द्वारा यहि २३ हस्ताक्षरित सिफारिसमा उल्लेख गरिईकाे छ ।

शाखाले गरेकाे सिफारिसकाे आधारमा बहाल वाला खाता वालालाई फाेन गरि हेर्दा सिफारिसकाे कुरा झुटा भए पछि खाता संचालन गर्न राेकीएकाे ग्लाेवबल आई.एम.ई.बैंक गाेकुलेश्वर शाखा प्रमुख अनिल धामिले बताए ।

शाखाले गर्न नहुने कार्य गरेकाे भन्दै तुरुतै कार्यपालिकाकाे बैठक बसि बैठककाे निर्णय अनुसार शाखा प्रमुखलाई कार्वाही गरिने शैल्यशिखर नगपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्र्द बहादुर बिस्टले बताए ।

नयाँ बैंक खाता संचालनका लागि सिफारिस गरिएका जनक सिंह धामी शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी छोरा हुन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।