
पुरुषाेत्तम अवस्थी
डोटी: जिल्ला स्वास्थ्य कार्यालय डोटीको प्रगतिबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयले स्वास्थ्य सेवा, कार्यक्रमको प्रगति र सूचनाको प्रभावकारिता विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम हो ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न स्वास्थ्य गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवा प्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न स्वास्थ्य गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवा प्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो।
स्वास्थ्य कार्यलयले सवल पक्ष तथा राम्रा अभ्यासहरुमा प्रजनन स्वास्थ्य, परिवार नियोजन शिबिर संचालन, बिद्यालय स्वास्थ्य नर्स कार्यक्रम, जिल्लामा खानेपानी गुणस्तर परिक्षण, नसर्ने रोग सम्बन्धी इस्क्रिनिंग (रक्तजाच, सुगर, पिसापमा प्रोटिन जाच सबन्धि जाच) कार्यक्रम रहेका थिए ।
त्यसैगरी स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण तथा समिक्षा, बिद्यालयमा बिद्यार्थीहरुको कान दात आखा चेकजाच तथा उपचार शिबिर, जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम, कोभिड, दादुरा रुबेला र आई.पी.भी. खोप अभियान जस्ता कार्यक्रम गरेको थिए ।
त्यस्तै चुनौतीहरुमा पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्नु, दरबन्दी संरचना परिमार्जन हुन नसक्नु, आधारभुत स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न नसकिनु, समुदाय स्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने service outlets को कार्य विवरण पुनरावलोकन गर्न नसकिनु, बजेटको बिनियोजन र कार्यान्वयनमा समस्या हुनु र सामाजिक निर्धारक तत्वहरुको समस्या रहेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले स्वास्थ्य कार्यालय डोटीले पत्रकार मैत्री भूमिका निर्वाह गर्दै आएको र आवश्यक सूचना दिने कुरामा प्रशंसनीय काम गरिरहेको बताउँदै कार्यालयको खुलेर प्रशंसा गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य बीमा, सुरक्षित गर्भपतन सेवा, खानेपानीको गुणस्तर, गाउँगाउँमा चिकित्सकको अभाव, औषधि अभाव, स्वास्थ सेवाको पहुँच र बजेट कार्यान्वयनको अवस्था लगायत विषयमा जिज्ञासा राखेका थिए । प्रमुख मलासीले ती जिज्ञासाको जवाफ दिँदै पत्रकारहरूसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमले स्वास्थ्य क्षेत्र र सञ्चारबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा लिइएको छ।
डोटी, असार ३१ – जिल्ला स्वास्थ्य कार्यालय डोटीले स्वास्थ्य सेवा, कार्यक्रमको प्रगति र सूचनाको प्रभावकारिता विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
स्वास्थ्य कार्यालयको तालिम हलमा सम्पन्न उक्त कार्यक्रममा कार्यालय प्रमुख रमेश मलासीले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न स्वास्थ्य गतिविधिहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवाप्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य बीमा, सुरक्षित गर्भपतन सेवा, खानेपानीको गुणस्तर, गाउँगाउँमा चिकित्सकको अभाव, औषधि अभाव, स्वास्थ सेवाको पहुँच र बजेट कार्यान्वयनको अवस्था लगायत विषयमा जिज्ञासा राखेका थिए। प्रमुख मलासीले ती जिज्ञासाको जवाफ दिँदै पत्रकारहरूसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले स्वास्थ्य कार्यालय डोटीले पत्रकार मैत्री भूमिका निर्वाह गर्दै आएको र आवश्यक सूचना दिने कुरामा प्रशंसनीय काम गरिरहेको बताउँदै कार्यालयको खुलेर प्रशंसा गर्नुभयो।
जिल्लाका सक्रिय पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सूचनाको प्रभावकारिता, पारदर्शिता, सेवाको गुणस्तर, सञ्चारसँगको सहकार्य र जनउत्तरदायित्व जस्ता विषयमा समेत खुलेर छलफल भएको थियो।
कार्यक्रमले स्वास्थ्य क्षेत्र र सञ्चारबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा लिइएको छ।





