
बैतडी – गैर आवसिय नेपाली संघ (एनआरएनए) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनमा बैतडीको सिगास गाउँपालिका स्थायी ठेगाना भइ हाल पोल्याण्डमा रहेका युवा व्यवसायी नरेन्द्र धामीले सदस्य पदमा उम्मेद्धारी घोषणा गरेका छ ।
एनआरएनए पोल्याण्डको आठौं राष्ट्रिय अधिवेशनमा पोल्याण्डमा बस्ने सम्पुर्ण नेपाली समुदायका विच भावनात्मक एकता, भातृत्व, भाइचाराको सम्बन्ध स्थापित गर्न सन् २०२५ देखि २०२७ कार्यकालको लागि खुला सस्य पदमा उम्मेदवारी दिएको युवा व्यवसायी नरेन्द्र धामीले बताए ।

गैर आवसिय नेपाली संघ (एनआएनए) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनको कार्यसमिति चयनको लागि यहि जुलाई २६ तारिखमा निर्वाचन हुँदैछ । नेपालीका लागि नेपाली भन्ने मुल स सन्देशका साथ पोल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आफूलाई विजयी गराउन सहयोग गरिदन पनि उनले अपिल गरेका छ ।





