
एकेन्द्र चन्द,
डोटी — रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभाव जस्ता कारणले पछिल्लो समय पहाडी क्षेत्रको जनसंख्या घट्दै गएको छ । आर्थिक बर्ष २०८१/ ०८२ मा मात्र डोटीको बडिकेदार गाउँपालिका बाट करिब २ हजार ३ सय ७० जना स्थानीय बसाइँ सरेका छन्।
गाउँपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार,
पालिकाका ५ वटै वडा बाट उक्त संख्यामा स्थानीय बासिले बसाइँसराइ गरेका छ्न भने । विभिन्न ठाउँ बाट गरि गाउँपालिकामा बसाइँसरि आउनेको संख्या भने १ सय ७६ मात्र रहेको छ ।
गाउँ सुनसान बन्दै गएको छ। पहिला गाउँमा रमाइलो थियो, अहिले अधिकांश घरहरू बाझिन थालेका छन भने युवायुवती रोजगारीको शिलशिलामा भारत लगायत अन्य मुलुक जान थाले पछि चाडपर्व आउँदा पनि गाउँ घर शून्य जस्तै हुन थालेको स्थानीय भरत बहादुर चन्दले बताउनु भयो ।
गाउँपालिकाका अनुसार पालिकामा सबै भन्दा बढी वडा नम्बर- ३ घाङल बाट एक बर्षको अबधिमा ६ सय जना स्थानीयले बसाई सरेर गएका छ्न भने बसाइँसराइ गरि आउनेको संख्या २७ जना मात्र रहेको छ । त्यस्तै वडा नम्बर – ४ बाट ५ सय ४८ जनाले बसाइँसराइ गरेका छन भने । बसाइँसराइ गरि आउनेको संख्या मात्र ४८ मात्र रहेको छ। त्यसै गरि वडा नम्बर -२ बाट एक बर्षको अबधिमा ४ सय ६४ जना बसाइँ सरेर गएका छन । वडामा बसाइँसराइ गरेर आउनेको संख्या ५१ जना रहेको छ । वडा नम्बर -५ बाट पनि बसाइँसराइ गरेर जानेको संख्या ४ सय ५२ रहेको छ । भने बसाइँसराइ गरेर आउनेको संख्या जम्मा १४ जना मात्र रहदा वडा नम्बर -१ रिसेडी बाट ३ सय ६ जनाले बसाइँसराइ गरि अन्यत्र गएका छन भने बसाइँसराइ गरेर वडामा आउनेको संख्या ३६ जना रहेको बडिकेदार गाउँपालिकाका एमआइएस अपरेटर मदन शाहीले बताउनु भयो ।
बडिकेदार गाउँपालिमा कृषि , पर्यटन बाट रोजगारी अबसर हुदाहुदै पनि गाउँघर बसाइँसराइका कारणले खाली हुँदै गएका छ्न । यो चिन्ताको बिषय रहेको छ । खेत वारि सबै बाझो हुन थालिसक्यो यसले भबिष्यमा निकै जटिल समस्या ल्याउने भएकोले गाउँमै केही गर्ने युबाहरुलाइ पालिकाले सक्दो सहयोग गर्ने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउनु भयो ।
बसाइँसराइको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा देखिन थालेको छ धेरै जस्तो बिधालयमा बिद्यार्थीको संख्या कम हुँदै गएको र बिधालय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन थालेको छ । जनसंख्या गाउँमै रोक्नका लागि रोजगारी सिर्जना लगायतका कार्यक्रम अगाडी बढाउनु पर्ने बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो ।
जनसंख्या गाउँमै रोक्न रोजगारी सिर्जना र युबालाइ प्रोत्साहन गर्न पालिकाले दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ ।





