
कुकुर, बिरालो, बाँदर वा अन्य जनावरले टोक्दा वा चाट्दा सारिने रेबिज रोग रोकथाम गर्नका लागी लगाइने भ्याक्सिन ए.आर.भि.भ्याक्सिन जिल्ला अस्पताल डोटीमा अभाव भएको छ ।
जिल्ला अस्पताल बाट निःशुल्क रूपमा वितरण हुँदै आइरहेको भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी कैलाली बाट प्राप्त नभए पछि अभाव भएको अस्पताल प्रशासनले बताएको छ ।
यही भाद्र २२ गते अस्पतालले एक सूचना जारी गर्दै निःशुल्क वितरण गर्दै आएको ए.आर.भि.भ्याक्सिन अभावका कारण निःशुल्क वितरण गर्न नसक्ने भन्दै बिरामीले अन्त्रबाट भ्याक्सिन खरिद गरेर ल्याएमा लगाउने व्यवस्था गरिने बताएको छ ।





