२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

मंसिर १८, डोटी । डोटीमा जिप दुर्घटना भएको छ । डोटी प्रहरीका अनुसार सायल गाउँपालिका–४ खालीखोला बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

कञ्चनपुरको पुनर्वास–२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । सायलबाट दिपायलतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा आदर्श-७ की ५४ वर्षिया हरिदेवी कापडी, सायल-२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा, सायल-४ का ४३ वर्षका टेकराज ओझा र चालक थापा घाइते भएको प्रहरीले बताएको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ ।

जिप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान जारी छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।