
माघ २५ –
डोटी : स्थानीय सरकार जनताको नजिक पुग्ने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने अभ्यासलाई मजबुत र योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनु पर्ने लगायत उपभोक्ता समितिको समय, खर्च र झन्झट कम गर्ने उद्देश्यले
बडीकेदार गाउँपालिका डोटीले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिका र वडा स्तरका योजनाहरू वडा–वडामै पुगेर सम्झौता गर्ने अभियान सुरु गरेको छ।
गाउँपालिका तथा वडाबाट छनोट भएका योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्नका लागि माघ १५ गतेदेखि वडा–वडामा पुगेर सम्झौता प्रक्रिया सुरु गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनु भयो । उहाँले साथै वडा स्तरमा उपभोक्त समितिका पदाधिकारीहरुलाइ योजना प्रभाबकारी रुपमा सम्प्नन्न गर्नका लागि अनुशिक्षण समेत दिएको बताउनु भयो ।
विकास निर्माणका काम गर्न उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न गाउँपालिका आउनुपर्ने बाध्यता रहेको र गाउँपालिका आउनुपर्ने कारणले उपभोक्ताहरूले समयमै योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका काम समयमै सम्पन्न हुन नसकेका कारण जनताको घर–आँगनमै पुगेर सेवा दिने दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो ।
स्थानीय सरकारले नागरिकको घर–आँगनमै पुगेर सेवा दिनुपर्छ गत वर्षहरूमा पनि गाउँपालिकाले वडा तहमा पुगेर योजनाको मात्रै सम्झौता गरेको र केही जहज भएको बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरि विष्ट कलेलले बताउनुभयो।
बडीकेदार गाउँपालिकाले ५ वटै वडामा कुल ८२ वटा योजना को सम्झौता सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।





