
डोटीको पूर्विचाैकी गाउँपालिकामा बाल क्लबका पदाधिकारीहरूका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ ।
पूर्वीचौकी गाउँपालिकाको आयोजना,वर्ल्ड भिजन ईन्टरनेस्नल नेपाल तथा समान पहुँच विकास केन्द्र (सिड) नेपालको सहयोगमा शुक्रवार देखि तालिम सञ्चालन भएको हो ।

वडा तथा पालिका स्तरीय बाल क्लबका २७ जना बालबालिका सहभागी रहेको तालिम ३दिन सम्म सञ्चालन हुने पूर्विचाैकी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउदले बताए ।

३ दिने क्षमता विकास तालिममा बाल अधिकार, बालश्रम, नेतृत्व विकास, बाल क्लबका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार, प्रजनन स्वास्थ्य, बालविवाह, बाल संरक्षण, अनलाइन सुरक्षा, बालश्रम, मानव बेचबिखन, पर्यावरण मैत्री वातावरण सम्बन्धी जानकारी गराइने शाखा संयोजक साउदले जानकारी दिए
तालिममा ५ जना प्रशिक्षकहरूले तालिम प्रदान गर्ने बताएको छ ।





