
डोटीको पूर्विचाैकी गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तरगत पालिका स्तरीय एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वीचाैकि गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सोमबार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएकाे कार्यक्रममा पालिका उपाध्यक्ष पशुपति खड्का,प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जाेशि, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरू, पालिकाको विषयगत शाखा प्रमुख, ग्लोबल आइ.एम.ई बैंक पूर्वीचाैकी शाखाका प्रतिनिधि,एन.आइ.सि.एसिया लघुवित्त वित्तीय संस्था पूर्वीचाैकी शाखाका प्रतिनिधि ,उद्योग वाणिज्य सङ्घ डोटीका प्रतिनिधि, सातै वडाका कर्मचारी लगायतकाले उपस्थिति रहेको थियो ।

अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम पालिकामा रहेका बेरोजगार व्यक्ति ,रोजगारीको खोजीमा रहेको व्यक्ति ,वैदेशिक रोजगार बाट फर्किएका व्यक्ति र राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिहरूको अभिलेख ,पहिचान गरी रोजगारी सृजना गर्न पालिका लागि पर्नु विषयमा छलफल गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण रोजगार संयोजक हरिभक्त साउँदले गर्दै आर्थिक वर्ष २०८३/०८४को लागि रोजगारीमा संलग्न हन चाहने बेरोजगार व्यक्तिले यही चैत्र मसान्तसम्म नजिकैको वडा कार्यालयमा निवेदन पेस गर्न अनुरोध समेत गरेका छा ।





