२०८३ भाद्र १७ बुधबार
Social Media Icons
२०८३ भाद्र १७ बुधबार

प्रतीक्षा धामी , डोटी, ६ असार । डोटीको बडीकेदार गाउँपालिकाले पालिकाभरका उत्कृष्ट नतिजा हासिल गर्ने ९ जना विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ।
गाउँपालिकाको सभाहलमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा एसईई परीक्षा २०८१ का ३ जना, एसईई परीक्षा २०८२ का ३ जना विद्यार्थीलाई जनही २३ हजार तथा आधारभूत तह (कक्षा ८) परीक्षा २०८२ का ३ जना विद्यार्थीलाई जनही १४ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो।

विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै अध्ययनप्रति थप हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ,अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू अन्यका लागि पनि प्रेरणाको स्रोत बनेको बताउँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रको गुणस्तर सुधार र विद्यार्थी प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
सम्मानित विद्यार्थीहरूले पुरस्कार तथा सम्मानले आफूहरूलाई अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा मिलेको बताएका छन्।

डोटी — डाेटीकाे पूर्वीचौकी गाउँपालिका वडा नं. ७ पोखरीको कार्यालयले उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई प्राेत्साहन र लगनशील शिक्षकलाई सम्मान गरेकाे छ ।

शुक्रबार मष्टा माण्डौ माध्यमिक विद्यालयको प्राङ्गणमा वडा अन्तर्गत रहेका ६ वटा आधारभूत विद्यालय सहभागी गराई शिक्षक–विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे ।

‎कार्यक्रम अन्तर्गत अन्तरविद्यालय स्तरमा हाजिरजवाफ प्रतियोगिता, गणित दौड तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो। साथै विद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा लगनशील शिक्षकहरूलाई सम्मान गरिएको उद्घोषक विमल नेपाली जानकारी दिए ।

‎उत्कृष्ट विद्यार्थीहरूलाई कापी, कलम तथा आर्थिक सहयोग प्रदान गरिएको थियो। उत्कृष्ट विद्यार्थीलाई रु. ४ हजारका दरले सम्मान गरिएको छ भने एसईई उत्तीर्ण अन्य विद्यार्थीलाई जनही रु. ३ हजार सहयोग प्रदान गरिएको वडा सचिव नहकुल खड्काले बताए । त्यस्तै कक्षा १२ तर्फ उत्कृष्ट दुई विद्यार्थी शुशिला खड्का र सिद्धान्त विक लाई जनही रु. ४ हजारसहित सम्मान गरिएको थियो।

‎कार्यक्रममा उत्कृष्ट तथा लगनशील शिक्षकहरूलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सम्पूर्ण शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै शिक्षक, विद्यार्थी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको गरेको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर भण्डारीले बताए ।

‎कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रेम खड्का ले शिक्षा क्षेत्रको गुणस्तर सुधार र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।

‎स्थानीय स्तरमा आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै शिक्षकहरूको मनोबल वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‎कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक जनप्रतिनिधि पत्रकार र सुरक्षाकर्मी को सहभागी रहेको थियो ।

प्रतीक्षा धामि ,असार ६ गते ,डाेटी: बोगटान फूडसिल गाउँपालिकामा विभिन्न वडाका २५ किशोरीहरुले तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम लिएका छन्।
नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बोगटान फूडसिल गाउँपालिकाको सहयोगमा संचालित तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको हो।
असार ३ गते देखि ५ गते सम्म संचालित महिला संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत गरिएको सो तालिमको शुक्रबार समापन गरिएको छ ।
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमको सभापतित्वमा सम्पन्न सो तालिममा प्रमुख अतिथि बोगटान फूडसिल गाउँपालिका अध्यक्ष कमल गडसिला रहनु भएको थियो ।
पत्रकार महासंघका अध्यक्ष बमले बोगटान फूडसिल गाउँपालिकाका किशोरीहरुको क्षमता विकास एवम महिला पत्रकारहरु उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।
प्रमुख अतिथी गड्सिलाले किशोरीहरुले तालिमबाट सिकेका कुराहरुबाट आफ्नो व्यक्तित्व विकासमा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
साथै अध्यक्ष गडसिलाले तालिम लिन किशोरीहरुलाई उद्घोषण कलाको उपयोग गर्न आगामी दिनहरु विद्यालयहरुमा प्राथमिकता दिने गरि प्रधानाध्याकहरुलाई परिपत्र गरिने बताए ।
बाेगटान फूडसिल गाउँपालिकाले विगत ४ बर्षदेखि किशाेरीहरूकाे क्षमता विकासका लागि पत्रकारिता सम्बन्धि तालिम महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत बजेट बिनियाेजन गर्दै आएकाे छ ।

गाउँपालिका उपाध्यक्ष बिष्ना देउबा वमले दुर्गम गाउँमा रहेका किशाेरीहरू अवसर नपाएर प्रतिभाहरू लुकाउन वाध्य रहने अवस्थालाई परिवर्तन गर्न विभिन्न क्षमता विकासका तालिमहरू महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत संचालन गरिरहेकाेे बताईन् ।
उपाध्यक्ष वमले गाउँघरका धेरै आमादिदीबहिनीहरूको आवाज अझै पनि सार्वजनिक रूपमा आउन नसकेको उल्लेख गर्दै यस तालिमपछि सहभागीहरूले गाउँमा लुकेका प्रतिभा, समस्या र पीडामा परेकाहरूको आवाज उजागर गर्न तालीमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
उपाध्यक्ष बमले सञ्चार र पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायको हितमा प्रयोग गर्न सहभागीहरूलाई अनुरोध गरिन्। उनले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा सीपमूलक तालिमहरूलाई स्थानीय सरकारले निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरिन्।
समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका पुर्ब अध्यक्ष तथा प्रशिक्षक टेकेन्द्र देउवाले पत्रकारिता क्षेत्रमा चुनौती सँगै सम्भावना पनि उत्तिकै रहेको बताए ।
उनले पत्रकारिता पेशा जिम्मेवार, मर्यादित र समाजप्रति उत्तरदायी क्षेत्र भएकाले सत्य, निष्पक्ष र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
देउवाले पत्रकारिताले समाजका आवाजविहीन र पछाडि पारिएका समुदायका मुद्दालाई उजागर गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सञ्चार तथा पत्रकारिताप्रति रुचि राख्ने किशोरीहरूका लागि तालिम उपलब्धिमूलकभएको भन्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत पदमराज अवस्थीले तालिममा सहभागि किशोरीहरुको क्षमता विकास देखेर खुसि लागेको बताए । तालिम सिकेका कुरामा ब्यवहारमा उतार्न समेत उनले जोड दिए ।
तालिममा मुख्य प्रशिक्षक पत्रकार टेकेन्द्र देउवा, प्रकाश बम, सरिता कठायत, चक्र मल्ल ,विक्रम खडका, प्रतीक्षा धामीले उदघोषण गर्ने सीप कला, ध्यान दिनुपर्ने कुराहरुका सैद्धान्तिक कुराबारे प्रशिक्षण दिदै प्रयोगात्मक अभ्यास समेत गराउनु भएकाे थियाे ।
त्यस्तै आधारभुत पत्रकारीता वारेमा समेत सैद्धान्तिक पक्षमा जानकारी तथा समाचार लेखन समेत गराईएको थियो ।
तालिमका सहभागिहरुका मध्यबाट उषा बम ,बिमला बोहरा ,सुशिला कुडमालले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा समेत उतारिने प्रतिबद्धता गरे । उनीहरूले आगामी दिनमा पुर्नताजगी तालिमकाे आयाेजना गर्न समेत माग राखे ।
समापन कार्यक्रमकाे संचालन तालिमका प्रशिक्षार्थी रेखा वमले गरेकि थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।