
डोटीको पूर्वीचाैकी गाउँपालिकाका एक सय दस जना छात्र छात्रा लाई झोला । पाेशाक वितरण गरिएको छ ।
श्याम फुलमाया हस्तकला उद्योग तथा श्याम फुलमाया फाउन्डेसनको सहयोगमा पालिकाको वडा नं. ७ दुल्बस्तामा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई झोला र पाेशाक वितरण गरिएको हो ।

श्याम फुलमाया हस्तकला उद्योग तथा श्याम फुलमाया फाउन्डेसन संग त्यसै बिद्यालयकि शिक्षिका दिपा साउँदको सहकार्यमा झोला र पाेशाक विद्यालयमा पुगाइ सहयोग गरिएको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउद,विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव बहादुर बोगटी ,शिक्षक, अभिभावक, र विद्यार्थीको सहभागितामा झोला र पाेशाक वितरण गरीको हो ।

यसरी दूर दराजका विद्यार्थीलाई आवश्यक झोला वितरण गरेकोमा सहयोगी दाताहरूलाई अभिभावकले धन्यवाद व्यक्त गरेका छन् ।





