२०८३ बैशाख ६ आईतवार
Social Media Icons
२०८३ बैशाख ६ आईतवार

डोटी बाट धनगढी जाँदै गरेको जिप दुर्घटना हुदा चालक बोगटीको मृत्यु

फागुन २५, डोटी । डोटीबाट धनगढी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप गए राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो ।

आफै अनियन्त्रित भई जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन ।

जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन् । घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।