डाेटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्धकाे खाेप (एच.पि.भि खाेप)लागाईने भएकाे छ ।
यहि माघ २२ गते देखि फागुन ६ गते सम्म जिल्लाभर ३ सय २ खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी र ६ सय ४ जना स्वयंसेवक परिचालन गरि खाेप अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय खाेप कार्यक्रम संयोजक सुर्य विष्टले बताए ।
जिल्लाकाे ९ वटै स्थानीयतहका विद्यालय जाने १० हजार ९ सय १ र विद्यालय नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ किशोरीलाई खोप लगाइने डाेटी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासिले बताए ।
जिल्लाको स्थानीय तहगत रूपमा हेर्दा बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय २९ र नजाने ४८ जना गरी ७ सय ७७ जना, जोरायल गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ८७ र नजाने १० जना गरी १ हजार ९७ जना, बडीकेदार गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय ४१ र नजाने ८ जना गरी ७ सय ४९ जना, सायल गाउँपालिकामा विद्यालय जाने किशोरी ९ सय ४८ र नजाने ५२ जना गरी १ हजार जना, दिपायल सिलगढी नगरपालिका विद्यालय जाने किशोरी १ हजार ९ सय ३९ र नजाने १ सय २ जना गरी २ हजार ४१ जना, शिखर नगरपालिका विद्यालय जाने किशोरी १ हजार ६ सय १४ र नजाने ६३ जना गरी १ हजार ६ सय ७७ जना, के आई सिंह गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार २ सय ६८ र नजाने ११ जना गरी १ हजार २ सय ७९ जना, पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना र आदर्श गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ४ सय २८ र नजाने २ सय ३५ गरी १ हजार ६ सय ६३ जना किशोरीहरूलाई खोप लगाईने कार्यक्रम रहेको बताएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य, विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए ।















