२०८३ भाद्र २० शनिबार
Social Media Icons
२०८३ भाद्र २० शनिबार

विविध प्रतिभा प्रस्फुटन गर्दै बिसेट ले मनाईयो सरस्वती पुजा

काठमाण्डौ -बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजी कलेजमा अध्ययरत विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत डिप्लोमा ईन बायोमेडिकल ईन्जिनियर कार्यक्रममा द्रोस्रो वर्ष ,द्रोस्रो खण्डमा अध्ययनरत  तथा सम्पुर्ण डिप्लोमा तथा प्रि-डिप्लोमा कार्यक्रम अध्ययनरत विध्यार्थीहरुको आयोजनामा सरस्वती पुजा अर्थात्, श्री पञ्चमीको अवसरमा विविध प्रतिभा प्रस्फुटन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीका शिक्षालय प्रमुख खुसिराम अधिकारी ले स्वागत मन्तव्य राख्दै सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताले सम्पुर्ण विध्यार्थीहरुको शैक्षिक उन्नति कामना गर्दै आयोजक प्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै बायोमेडिकल कार्यक्रमका संंयोजक राजन शर्माले
विध्यार्थीहरुको चौतर्फी विकासका लागि विध्यार्थी द्वारा अतरिक्त कृयाकलाप गर्नु खुशीको  कुरा हो, यो बालाजुमा यहाँहरुले गरेको नयाँ थालनी हो । आगामी दिनहरुमा विद्यार्थीहरुको नेतृत्व विकासमा पनि यो कार्यक्रम थप टेवा पुग्ने धारणा व्यक्त गरे ।

त्यस्तै अतिथि तर्फबाट  शिक्षक विनय देवकोटाले मन्तव्य राख्दै सरस्वती माताले सबैको मनमन्दिरमा बास गर्न सकुन्न बालाजु स्कुलमा अध्ययनरत सम्पुर्ण विधार्थी उन्नति प्रगतिको कामना गरेका हुन्न ।

तेस्तै कार्यक्रममा विभिन्न विषयका विध्यार्थीहरुले गित , नृत्य, गजल, मुक्तक कविता लगाएतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा अजय सिं दिपक पार्की लगाएतका विधार्थीहरु रहेका थिए ।

तिर्थ नेपाली ले संचालन गरेको कार्यक्रमको समापन राजन शर्माले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।