२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

डाेटीका भुकम्प प्रभावितले पहिलाे किस्ता पाउने

डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने भएका छन् ।

धनगढीमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले प्रभावितले चाँडै पहिलो किस्ता पाउने बताउनुभएको हो ।

उहाँले अर्को हप्ताबाट पहिलो किस्ता वितरण गर्न थाल्ने उल्लेख गर्नुभयो । भुसालले भन्नुभयो, “अब हामी अर्को हप्तादेखि डोटीका भूकम्प प्रभावितलाई आवास निर्माणका लागि पहिलो किस्ता दिन सुरु गर्छौं ।” 

पहिलो किस्ताबापत प्रभावितलाई ५० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । २०७९ कार्तिक २२ गते राति डोटीको पूर्वी चौकी गाउँपालिका–३ केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सो भूकम्पमा परी छ जनाको मृत्यु भएको र आठ जना घाइते भएका प्राधिकरणको स्थिति अवलोकन रिपोर्टमा उल्लेख छ । भूकम्पको धक्काले डोटीसहित अछाम, बाजुरा, बझाङ, डडेलधुरालगायतका जिल्लामा क्षति भएको थियो ।

यसैगरी प्राधिकरणका कार्यकारी प्रमुख भुसालले प्राधिकरणले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सामुदायिक स्वयंसेवक उत्पादन गर्ने बताउनुभयो । त्यसका लागि एक महिनाभित्रै देशैभरि तालिम सञ्चालन गर्ने उहाँको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।