जेठ १४, डोटी ।
डोटीमा छतबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेकोे जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
खड्का मंगलबार राती करिब डेढ बजेको समयमा जोरायल गाउँपालिका १ गैरामा भुपेन्द्र घर्ती मगरले संचालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तीन तला माथिको छतबाट खसेका थिए । उनको शरिरको भित्री भागमा चोट लागी बेहोस भएको अवस्थामा प्रहरी सहायक निरीक्षक पदम सिंह बडालको कमाण्डमा ३ खटिएको जनाको टोलीले घाईतेलाई उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको थियो । तर बिहान ५ बजेर २० मिनेटमा डडेल्धुरा अस्पतालले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो ।
श्रोतका अनुसार उनलेे हिजो मंगलबार दिउँसो देखि मदिरा सेवन गरेको बुझिएको छ भने घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।















