२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

डोटीमा पनी मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

 
१७ गते ,एकेन्द्र चन्द डोटी :

डोटीमा पनि ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
अपाङ्गता समावेशी समाजको प्रवर्द्धन सामाजिक उन्नतिको संवर्द्धन भन्ने मुल नाराका साथ जिल्लाको बडीकेदार गाउँपालिका लगायतका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

बडीकेदार गाउँपालिकाको सहयोगमा  मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजको  आयोजनामा पालिकाका ५ वटै वडाका अपाङ्गता  भएका ब्यक्तीहरुको उपस्थितमा  उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

एकीकृत समाज निर्माणको लागि अपाङ्गता भएका ब्यक्तिहरुले पनि   महत्त्वपूर्ण भुमिका खेलेको  बताउदै अपंगता भएका ब्यक्तिहरुलाइ पहिले भन्दा अहिले गर्ने ब्यवहार अलि कति भएपनी फरक भएको  बडीकेदार गाउँपालिकाका शिक्षा अधिकृत बिबेक देउबाले बताउनु भयो ।

पालिकाले  अपाङ्गता भएका ब्यक्तिहरुला विभिन्न सहयोग देखि कार्यक्रमहरु गर्दै आएको र  स्वयंम ब्यक्तिले पनि अधिकार मात्र नखोजेर   कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ पालिकाले  स्वास्थ उपचारका, विभिन्न तालिम गरिरहेको र आगामी दिनमा के कस्ता योजनाहरु बनाउदा अपाङ्गता भएका ब्यक्तीहरुलाई बढी फाइदा हुन्छ त्यस्ता किसिमका योजना ल्याउन बडीकेदार गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत शेर बहादुर बुढाले बताउनु भयो ।

अपाङ्गता वा बिशेष क्षमता भएका व्यक्ति भनेर चिनिने मानिसहरुलाई घर,परिवार तथा समुदायबाट सम्मान गर्नु पर्छ । सरकारी तहबाट हुने सार्वजनिक सेवा सेवामैत्री हुनुपर्ने तथा उनिहरुले मनोबल नगुमाइ सशक्त रुपले अगाडि बढनु पर्ने कुरामा कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ ।

नेपालको संविधानले अपाङ्ग मैत्री सरकारी भवन हुनु पर्ने भनिएकोले त्यही अनुसारका अपाङ्ग मैत्री भवन निर्माण हुनु पर्ने सहभागीहरुको जोड रहेको थियो ।

अपाङ्गता भएका ब्यक्तिहरुलाइ विभिन्न  सहयोगि सामाग्री प्रदान गर्दै आएको विभिन्न वडामा गठन भएका समितीहरुले पनि आफुलाइ चाहिने किसिमका योहनाहरु ल्याउनु पर्ने र कम्तिमा पालिका सम्म पुगेर आफ्ना योजनाहरु सुनाउनु पर्ने मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजका अध्यक्ष खडक बोहाराले बताउनु भयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।