डोटीमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित एच.पी.भी खोप अभियान यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको निर्देशनमा आर्थिक वर्ष २०८२\८३ का लागि सञ्चालन हुन लागेको उक्त अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्रा तथा विद्यालय नजाने किशोरीहरूलाई खोप लगाइने भएको हो ।
यसै गरी, गत वर्षको अभियानमा छुटेका कक्षा ७ मा अध्ययनरत छात्राहरूलाई पनि यस पटक खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
यश वर्ष डोटीमा करिब २ हजार ५ सय ८३ किशोरीहरूमा खोप लगाउने लक्ष्य रहेको बताएको छ ।
खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक सोमबार डोटीमा सम्पन्न भएको छ।















