डोटीको पूर्वीचाैकी गाउँपालिका वडा नं. ६ गाँजरीका ज्येष्ठ नागरिक सम्मान भएका छन् ।
ज्येष्ठ नागरिककाे,सम्मान ,सभ्य समाजकाे पहिचान भन्ने मुलनारा आतत्मसात गर्दै मङ्गलवार वडा कार्यालयमा ४५ जनालाई नगद पाँच सय र दोसल्ला सहित सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास र मार्गदर्शक भएकाले जसको सम्मान गर्नु सभ्य समाजको पहिचान भएको भन्दै उनीहरूको अनुभव, ज्ञान र सीपको कदर गर्दै मर्यादित जीवन सुनिश्चित गर्नु राज्यको दायित्व भएकाले जनताको सबैभन्दा नजिकको सरकार वडा सरकार भएकाले वडा कार्यालय बाट सम्मान गरिएको वडा सचिव प्रेम भण्डारीले बताए ।

आर्थिक वर्ष २०८२/०८३ को अतिथि सत्कारको रकमले सम्मान गरिएको वडा सचिव भण्डारीले बताए ।















