बझाङ, १९ पुस । बझाङमा जीप दुर्घटना पाँच जनाको ज्यान गएको छ ।
गएराति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से ००१ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको बझाङ प्रहरीले जनाएको छ ।
त्यसैगरि गयराती मष्टा गाउँपालिकाको भातेखोला बाट कोटदेबल तर्फ आइरहेकोको सु प्र ००१ ज १३९८ नम्बरको जिप दुर्घटना हुँदा मष्टा १ रनाडाका धर्म थापाको मृत्यु भएको छ।
प्रहरीका अनुसार तलकोट को धमेना हाइड्रोपावर नजिकै तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उहाँका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै ज्यान गएको हो भने धामीकै नातिनी छ वर्षीया आकृतिको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।















