२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

पुर्वीचौकीमा छैटौँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

डोटीको पूर्वीचौकी गाउपालिकामा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ ।

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता पुर्वीचौकी गाँउपालिकाको आयोजना सरस्वती माध्यमिक विद्यालय सानागाँउको सहकार्यमा  आज (शुक्रबार)देखी पालिकाको वडा नं.४ सानागाउमा रहेको सरस्वती माध्यमिक विद्यालय को प्राङ्गणमा सुरु भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर खड्काको सभाध्यक्षयतामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष रामप्रसाद उपाध्याय रहनु भएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष पशु पति खड्का,र प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ रहनु भएको थियो । 

त्यस्तै अतिथिमा पुर्वीचौकी गाउँपालिका वडा नं.१ देखी ७ सम्मका वडा अध्यक्ष कार्यपालिका सदस्य,वडा सदस्य, शिक्षा शाखा प्रमुख, गाउँपालिका कर्मचारी,शिक्षक महासङ्घ पुर्वीचौकीका अध्यक्ष ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,शिक्षक खेलकुद प्रशिक्षक, नेपाल रेडक्रसका प्रतिनिधि र विद्यार्थिहरु को सहभागितामा कार्यक्रम गरिएको हो ।

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा पुर्वीचौकीका ८ ओटा विद्यालय बिच विभिन्न विद्याका खेलहरूमा यही पुस २८ गते सम्म प्रतिस्पर्धा हुने छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।