डोटीको आदर्श गाउँपालिकामा बिहेको भोज खादा मानिसहरू बिरामी परेका छन् ।
यही माघ ५ गते भएको विवाहमा भोज खादा आदर्श गाउँपालिका १ बाँझको टाक ९० जना बिरामी परेको आदर्श गाउपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले बताए
आदर्श गा.पा. वडा नं. १ बाँझ बस्ने नर बहादुर बि.क.को छोरीको विवाहमा दुलही पक्षका व्यक्तिहरूले मिति २०८१।१०।०५ गते विवाहको भोजमा सुजीको हलुवा लगायत अन्य खानाका परिकारहरू खाई भोजमा आएका मध्ये ३० जनालाई १०३ डिग्री भन्दा बढी ज्वरो आउने, बान्ता हुने र पखालाको समस्या भएको र आज मिति २०८१।१०।०६ गते दिउँसो दुलही पक्षका ६० जनाको स्वास्थ्यमा सोही समस्या देखा परेको हुँदा स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको, स्वास्थ्य शाखा प्रमुख खड्काले बताए ।
आदर्श गा.पा. स्वास्थ्य शाखाको टोली सहित उपचारमा खटिएको र निजहरूको रगतको नमुना जिल्ला अस्पताल डोटीमा ल्याई परीक्षण भइरहेको,र बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।















