डोटी,,,दीपकराज अवस्थि
डोटीको पुर्वीचौकी गाउँपालिकामा पालिका स्तरीय एच.पी.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पुर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा डोटीको आयोजनामा पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकार वालाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
देशै भरी यहि माघ २२ गते देखी फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुने कार्य तालिका रहेकोमा पुर्वीचौकीमा यहि माघ २२ गते देखी माघ २७ गते सम्म खोप लगाइ सक्ने कार्य तालिका रहेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पाठकले बताए ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य, १० देखी १४ वर्ष सम्मका विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको बताइएको छ ।
पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना रहेकाले आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन र खोप लगाउनमा सहयोग गरीदिन समेत आग्रह गरिएको छ ।















