२०८३ बैशाख ८ मंगलवार
Social Media Icons
२०८३ बैशाख ८ मंगलवार

डोटीबाट ४हजार बढी विद्यार्थी एसईईमा सहभागी हुदैँ

डोटी,यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डोटीबाट बाट ४ हजार बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईईमा जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी ४हजार ७५ विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई डोटीले शुक्रबार सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।शिक्षा इकाई प्रमुख भिमप्रसाद पनेरुका अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित ३हजार ३५ र ग्रेडवृद्धिका १ हजार ४० विद्यार्थी सहभागी हुदैँ छन् । त्यस्तै प्राविधिक धारतर्फ १ सय १८ नियमित र ४५जना ग्रेडवृद्धिका गरी १६३ जना सहभागी हुने छन् । इकाई प्रमुख पनेरुले जिल्लाका ९ वटै पालिकाका १५वटा विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिएको जानकारी दिएका छन् । उनका अनुसार १३ वटा परीक्षा केन्द्रबाट गत बर्षका ग्रेडवृद्धि तथा यस बर्षका नियमित विद्यार्थी परीक्षा दिने छन् भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढी परीक्षा केन्द्र (ख) तोकिएको छ ।

त्यस्तै शिक्षा इकाईले जारी गरेको सूचनाअनुसार २०७८ र ०७९ मा नियमित एसइईमा सहभागी भई २०८१ मा ग्रेडवृद्धितर्फ पुराना प्रश्नपत्रको परीक्षा दिने १९ विद्यार्थी छन् । तिनीहरुका लागि पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय परीक्षा केन्द्र(ग) तोकिएको शिक्षा विकास तथा समुन्वय एकाई डोटीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।