२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

बाजुरामा बसको ठक्करबाट घाईते भएका बालकको उपचारका क्रममा मृत्यु, आमा घाईते

बाजुरा ः साँफे-मार्तडी सडकखण्डमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा बसको ठक्करबाट घाईते बालकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

धनगढीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको  हो ।

बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र बच्चालाई किच्दा घाईते भएको हुन् । ठक्करबाट मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय समेत घाइते भएकी छन् ।

आमा गर्भवती समेत रहेको पाईएको छ । आमाको खुट्टामा चोट लागेको छ । घाईते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । घाईतेको अवस्था मध्यम रहेको छ ।

प्रहरीले बस चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

बस चालकले हर्न नबजाउने र जिल्लामा पछिल्लो समय स्थानीयले सडकमा बालबालिकाहरु बेवास्ता गरेर छोड्ने, पशु चौपाय चरिचरन गराउने लगायतका कारणले दुर्घटना जोखिम बढ्न थालेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।