२०८३ बैशाख ६ आईतवार
Social Media Icons
२०८३ बैशाख ६ आईतवार

बडिकेदरमा नि शुल्क आँखा शिविर सञ्चालन

फागुन १२ डोटी
डोटीको बडीकेदार गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

आज सोमबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ मार्कोटमा सञ्चालन भएको निःशुल्क आँखा शिविरको एक कार्यक्रमका बिच गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले उद्घाटन गरेकी हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष कलेलले हाम्रो दुर्गम गाउँ बस्तीका दाजुभाइ दिदी बहीनीहरु आँखाको उपचार गर्न धनगढी जान नपरोस् केही सहजता होस भन्ने हेतुले निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताइन् । आँखाको अप्रेसन लगायत थप उपचार गर्नुपर्ने अवस्था आएमा पालिकाले थप सहजीकरण गर्ने समेत उपाध्यक्ष कलेलले बताइन् ।

बडीकेदार गाउँपालिकाको आयोजना तथा धनगढी नेत्रालय प्रा.ली, च्यारीटी हेल्थ फाउन्डेसन नेपाल र पी एफ इ को साझेदारीमा सञ्चालन भइरहेको शिविरमा आँखाको मोतीबिन्दु, जनबिन्दु, आँखामा मासु पलाएको चेक जाँच का साथै आँखाको सम्पूर्ण चेकजाँच गरिने धनगढी नेत्रालय प्रा.लीका नेत्र सहायक अरुण चौधरीले बताए । शिविरमा चेकजाँच पश्चात् बिरामीहरूलाई निःशुल्क औषधी, चस्मा र अप्रेसन गर्नुपर्ने बिरामीलाई परामर्श दिने गरेको समेत नेत्र सहायक चौधरीले बताए ।

वडा नम्बर ५ मार्कोटमा पहिलो दिन सञ्चालन भएको शिविरमा २ सय २ जनाले सेवा लिएका छन् । जसमा ३७ जनाको आँखाको अप्रेसन गर्नुपर्ने देखिन्छ भने ३९ जनाले चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको शिविरमा सहभागी नेत्र सहायक चौधरीले बताए ।
निःशुल्क आँखा शिविर सोमबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वर स्वास्थ्य चौकी मार्कोटमा सञ्चालन भएको थियो । भने त्यसै गरी १३ गते मङ्गलवार वडा नम्बर ३ घागल स्वास्थ्य चौकीमा, १४ गते बुधवार वडा नम्बर २ सडेखान स्वास्थ्य इकाई सडेखानमा, १५ गते बिहीबार वडा नम्बर ४ मान्नाकापडी स्वास्थ्य चौकी डिकेमनमा र १६ गते शुक्रवार वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकी देवलीमा सञ्चालन हुने बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।