२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

पोखरीमा अस्थायी प्रहरी चौकी स्थापना

डोटीको पुर्बिचौकी गाउँपालीका वडा नं.७ पाेखरिमा अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ ।

बुधबार एक कार्यक्रमका बिच अस्थायी प्रहरीचौकीको उद्धघाटन गरीएको हाे ।  
 
स्थापना गरिएको चौकीको  पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्याय , डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी,  गाउँपालीकाका उपाध्यक्ष पशुपती खड्का ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्मा,  वडा अध्यक्ष प्रेम खड्का लगाएतका ब्यक्तीहरुले संयुक्त रुपमा  उद्घाटन गरे।

जिल्लाको पुर्बि भेगको शान्ति सुरक्षा कायम गर्नका लागी  प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले बताए ।
 
पुर्बिचौकीमा अस्थायी प्रहरी चौकी स्थापना पश्चात नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने पनि उहाँले बताउनु भयो ।

समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने  कार्यक्रमका प्रमुख अतिथि तथा पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्यायको भनाई छ ।
 
भौगोलिकरूपमा विकट गाउँपालिकाको– ७ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका  जस्ता अप्रीय घटनामा कमी आउनेमा उहाँले जोड दीनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले ‘स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर पुर्बिचौकीको वडा न ७ मा प्रहरी चौकी स्थापना गरेको बताउनु भयो । यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुनेछ ।’
 
प्रहरी चौकीको स्थापनाले उक्त क्षेत्रमा भएका गतिविधि तथा घटना छिटो र सजिलो जानकारी हुने आशा गरिएको जोशीले बताउनु भयो ।

प्रहरी चौकी स्थापनाले महिला हिंसा  घरेलु हिंसा जस्ता घटनामा कमी आउनेगाउँपालीकाका उपाध्यक्ष पशुपति खड्काले बताईन ।
 
वडा अध्यक्ष प्रेम खड्काले शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको स्थापनाले स्थानिय खुसी भएको अध्यक्ष  खड्काले बताउनु भयो ।

‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुने र यो प्रहरीचौकी स्थापनाका लागी अहवेरात्र खटीने सबैलाई  वडा अध्यक्ष खड्काले धन्यबाद दिनुभयो ।

उक्त प्रहरीचौकी स्थापनाले  डोटी संगै अछामका जनता लाभाम्बीत हुने अनुमान गरीएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।