जिल्ला समन्वय समिति डोटीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा तथा नवौं जिल्ला सभा उदघाटन समारोह सम्पन्न भएको छ ।
आईतवार जि.स.स.डोटीको सभाहलमा सम्पन्न उदघाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए।

जसमध्ये कार्यालय अन्तरगत १ करोड २३ लाख २८ हजार नौ रुपैयाँ ७ पैसा तथा बहुक्षेत्रीय पोषण कार्यक्रमको १ लाख १० हजार गरि कुल जम्मा १ करोड २४ लाख ३८ हजार नौ रुपैयाँ ७ पैसा खर्च भएको बताए ।
साथै प्रमुख सिंहले यस वर्षको बजेट पनि प्रस्तुत गरेका थिए। जसमा कार्यालय अन्तरगत १ करोड ६२ लाख १२ हजार र बहुक्षेत्रीय पोषण कार्यक्रम १ लाख गरि कुल जम्मा १ करोड ६३ लाख १२ हजारको बजेट प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नौ वटै स्थानिय तहका प्रमुख/उप प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
जिल्ला सभामा डोटीका नौ वटै स्थानीय तहहरुले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।















