२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

चौरपाटीमा विपद् जाेखीम बारे प्रशिक्षण सम्पन्न

चौरपाटी गाउँपालिकामा अछाममा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास सुरु भएको छ ।

गोरख बक्स गण मंगलसेन ब्यारेक र गाउँपालिकाको संयुक्त आयोजनामा सोमबारदेखि कार्यक्रम सुरु भएको हो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदको अध्यक्षतामा सुरु भएको कार्यक्रम मंगलबार सम्म सञ्चालन हुनेछ ।

पहिलो दिन सोमबार करिब ८० जना बढि स्थानीयको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा बोल्दै गाउँपालिकाका अध्यक्ष साउँदले विपदको सामनाका लागि स्थानीयलाई दक्ष बनाउन नेपाली सेनाले सुरु गरेको यो अभियानको प्रशंसा गर्नुभयो । उहाँले यो अभियानले विकटमा रहेका बस्तिसम्म विपदको सामना गर्ने ज्ञान मिल्ने विस्वास ब्यक्त गर्दै गाउँपालिकालाई यो कार्यक्रमले विपद जोखिम न्यूनीकरण बारे बनाइने आगामी योजनामा समेत मद्दत पुग्ने बताउनुभयो । साथै उहाँले मंगलबार चौपाटीमा हुने कृत्रिम घटना अभ्यासमा सहभागि हुन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा गोरख बक्स गणका सेनानी अमृत खड्काले आगलागी, भुकम्प र बाढिपहिरो जस्ता विपदबाट कसरी जोगीने र त्यस्तो अवस्था आइपरे उद्दार, राहत जस्ता कुराको व्यवस्थापन कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिनुभयो । उहाँले कृत्रिम घटना अभ्यासले सामाजिक रुपमा हुने फाइदा र त्यसको प्रदर्शन पछि स्थानीय सरकारले विपद प्रतिकार्यका लागि निर्माण गर्न सक्ने योजना बारे समेत जानकारी गराउनु भएको थियो ।

प्रशिक्षणका क्रममा जमदार सुवर्ण खड्का, अमल्दार प्रेम देवकोटा र बुद्धिबहादुर भण्डारी लगायत गोरख बक्स गणको दक्ष समुहले विपदका बेला तत्काल उद्दार तथा उपचार कसरी गर्ने भन्ने बारे कृत्रिम अभ्यास गरेर देखाएको थियो ।

चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाका अनुसार मंगलबार हुने कृत्रिम घटना अभ्यासका लागि संरचना निर्माण लगायतका सबै तयारी पुरा भएको छ ।

त्यसका लागि चौरपाटी गाउँपालिकाको केन्द्रमा रहेको बिच बजारमा नेपाली सेनाले खरका घरहरु सहितको बस्ति निर्माण गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।