२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

चौरपाटीमा विपद् जाेखीम बारे प्रशिक्षण सम्पन्न

चौरपाटी गाउँपालिकामा अछाममा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास सुरु भएको छ ।

गोरख बक्स गण मंगलसेन ब्यारेक र गाउँपालिकाको संयुक्त आयोजनामा सोमबारदेखि कार्यक्रम सुरु भएको हो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदको अध्यक्षतामा सुरु भएको कार्यक्रम मंगलबार सम्म सञ्चालन हुनेछ ।

पहिलो दिन सोमबार करिब ८० जना बढि स्थानीयको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा बोल्दै गाउँपालिकाका अध्यक्ष साउँदले विपदको सामनाका लागि स्थानीयलाई दक्ष बनाउन नेपाली सेनाले सुरु गरेको यो अभियानको प्रशंसा गर्नुभयो । उहाँले यो अभियानले विकटमा रहेका बस्तिसम्म विपदको सामना गर्ने ज्ञान मिल्ने विस्वास ब्यक्त गर्दै गाउँपालिकालाई यो कार्यक्रमले विपद जोखिम न्यूनीकरण बारे बनाइने आगामी योजनामा समेत मद्दत पुग्ने बताउनुभयो । साथै उहाँले मंगलबार चौपाटीमा हुने कृत्रिम घटना अभ्यासमा सहभागि हुन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा गोरख बक्स गणका सेनानी अमृत खड्काले आगलागी, भुकम्प र बाढिपहिरो जस्ता विपदबाट कसरी जोगीने र त्यस्तो अवस्था आइपरे उद्दार, राहत जस्ता कुराको व्यवस्थापन कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिनुभयो । उहाँले कृत्रिम घटना अभ्यासले सामाजिक रुपमा हुने फाइदा र त्यसको प्रदर्शन पछि स्थानीय सरकारले विपद प्रतिकार्यका लागि निर्माण गर्न सक्ने योजना बारे समेत जानकारी गराउनु भएको थियो ।

प्रशिक्षणका क्रममा जमदार सुवर्ण खड्का, अमल्दार प्रेम देवकोटा र बुद्धिबहादुर भण्डारी लगायत गोरख बक्स गणको दक्ष समुहले विपदका बेला तत्काल उद्दार तथा उपचार कसरी गर्ने भन्ने बारे कृत्रिम अभ्यास गरेर देखाएको थियो ।

चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाका अनुसार मंगलबार हुने कृत्रिम घटना अभ्यासका लागि संरचना निर्माण लगायतका सबै तयारी पुरा भएको छ ।

त्यसका लागि चौरपाटी गाउँपालिकाको केन्द्रमा रहेको बिच बजारमा नेपाली सेनाले खरका घरहरु सहितको बस्ति निर्माण गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।