डोटीको पुर्वीचौकी गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा समान पहुँच विकास केन्द्रको डोटीको आर्थिक सहयोगमा शनिवार भेला सम्पन्न भएको हो ।

पालिका स्तरीय वाल क्लबका पदाधिकारीहरूको सहभागितामा २ दिन सम्म प्राथमिकताको आधारमा योजना छनोट गरिएको छन् ।

बालबालिकाको आवश्यकता, परिकल्पना र भविष्यको पुर्वीचौकीका विषयमा तालिममा छलफल गराइ, निम्न योजना छनोट गरी पालिकाले सम्बोधनका लागि उपाध्यक्ष पशुपति खड्कालाई बुझाएका छन् ।


छनोट भएका योजनाहरू
१) विद्यालयहरूमा सुरक्षित खेलमैदानको व्यवस्थापन ।
२) बालबालिकाको नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन ।
३) बालविवाह, बालश्रम, छुवाछुत र छाउपडी प्रथा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन ।
४) वडा तथा पालिका स्तरीय बाल क्लब÷सञ्जाललाई आवश्यक सामाग्रीहरू खरिद
५) घरेलु हिंसा, बाल हिंसा, लैङ्गिक विभेद सम्बन्धी सडक नाटक सञ्चालन ।
६) सार्वजनिक भवनहरूमा बालमैत्री खानेपानी र शौचालय निर्माण ।
७) विद्यालयहरूमा उपयुक्त कक्षाकोठा र शैक्षिक सामाग्रीहरू व्यवस्थापन ।
८ ) प्रत्येक समुदायमा सडक सञ्जाल विस्तार ।

बालबालिकाको सवाल र मुलप्रवाहिकरण गर्न योजना तर्जुमाका लागि पालिका स्तरीय बाल भेला कार्यक्रमको आयोजना गरी योजना छनोट गरिएको र पालिकाले बालबालिकाका योजनालाई सम्बोधन गर्ने विश्वास समेत लिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउदले बताए ।













