२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

केदारेश्वर आधारभूत विद्यालयको तिन कोठे भवन अध्यक्ष साउँद द्वारा उद्घाटन

गणेश बहादुर मौनी
जेठ २२ डोटी
बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीमा रहेको केदारेश्वर आविको तिन कोठे भवन बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

गाउँपालिकाको दश लाख लागतमा निमार्ण गरिएको उक्त भवन गाउँपालिकाकी उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, स्थानीयवासी, सरोकारवालहरूको सहभागितामा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले विद्यालयको आवश्यकतालाई महसुस गरी भवन निमार्णमा सहयोग गरिएको बताए ।

उनले भने विद्यालयको भौतिक अवस्थाका साथसाथै शैक्षिक अवस्था सुधार गर्न आवश्यक रहेको समेत बताए । पालिकाले जुनसुकै विद्यालयको भए पनि वास्तविक समस्या र आवश्यकतालाई सम्बोधन हुने गरी सहयोग गरिने समेत बताए ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अहिलेको समय परिवेश अनुसार शैक्षिक गुणस्तरमा सुधार हुन पनि आवश्यक रहेको बताइन् । उनले भनिन शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको जिम्मेवारी पनि महत्त्वपूर्ण रहेकोले सबैले जिम्मेवार हुनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेकोले विद्यालय प्रति अभिभावक पूर्ण जिम्मेवारी रहेको समेत बताए । भौतिक संरचनाका साथसाथै शैक्षिक गुणस्तर सुधारमा सबैको ध्यान जान आवश्यक रहेको बताए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको कर्तव्यनिष्ठता अभिभावकको जिम्मेवारी र विद्यार्थीको अनुशासन अति आवश्यक रहेको बडीकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक देउवाले बताए ।

विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै भवन निमार्ण गर्दा विद्यालयलाई, आम समुदायलाई फाइदा भएको केदारेश्वर आविका प्र अ मान बहादुर मौनीले बताए । आगामी दिनमा विद्यालयको आवश्यकतालाई मध्यनजर गरी सहयोग गरिदिन समेत पालिकालाई आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर मौनी भवन निमार्णको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा सहभागिताको लागि धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, स्थानीय, नागरिक समाज लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालक शिक्षक राम बहादुर मौनीले रहेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।