२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

बडीकेदार गाउँपालिकाका सबै वडा  पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जेठ २८
एकेन्द्र चन्द डोटी : डोटीको बडीकेदार गाउँपालिकाका सबै  वडाहरुलाइ  पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच बडिकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए सङ्गै गाउँपालिकाका ५ वटै वडा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छ्न ।

१६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको तथ्याङ्कको आधारमा स्वास्थ्य संस्थाहरूको समन्वयमा दिगोपनासमेत सुनिश्चित गरिएको बडिकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बताउनु भयो ।

कार्यक्रममा खोप सेवा पहुँच, नियमितता, तथा दीगो स्वास्थ्य सुरक्षाबारे जानकारी प्रदान गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गरिएको स्वास्थ्य शाखा उप प्रमुख खडक बहादुर धामिले बताउनु भयो ।

पूर्णखोप सुनिश्चितता अभियानमा विशेष योगदान पुर्‍याउनु हुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई  प्रशंसापत्र प्रदान गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।