डोटीको पुर्वीचौकी गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले बिहिवार घोषणा गरेको हो ।
पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्ययको सभा अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहको प्रमुख अथित्यता ,र बिशिस्ट अतिथीमा डोटी जिल्ला प्रमुख जिल्ला अधिकारी मोहनराज जोशि पुर्वीचौकी गाउपालिका उपाध्यक्ष पशुपति खड्का रहनु भएको थियो ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले पालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई प्रमाण पत्र प्रदान गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन ।
स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सिंहले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल सरकारले तोकेका सम्पूर्ण सूचकहरु पूरा गर्दै कुनै पनि बालबालिका नछुटाएर खोप अभियान सञ्चालन गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकोमा बधाई ज्ञापन गरेका छन ।
१६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सम्पूर्ण खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिका अध्यक्ष उपाध्ययले बताए ।
खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने गाउपालिका उपाध्यक्ष पशुपति खड्काले बताए ।
गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गर्ने, खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिको हो ।
कार्यक्रममा खोप अभियान सञ्चालन गर्न खटिएका स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।















