२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

गणेश मौनी 

असार १० डोटी

डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १७ औँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अनुमानित कुल आय ४४ करोड २१ लाख ५० हजार हुने उल्लेख गरेकी छन् । 

बजेटमा कृर्षि, पर्यटन, शिक्षा, पूर्वाधार, स्वास्थ्य, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख छ ।

बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।

आगामी वर्षका लागी सङ्घीय सरकार समानिकरण अनुदान ९ करोड १६ लाख,  सङ्घीय राजश्व वाँड फाड १० करोड ४३ लाख , सङ्घीय सरकार शर्शत अनुदान १८ करोड २९ लाख, सङ्घीय सरकार समपूरक अनुदान ८५ लाख, प्रदेश सरकार समानिकरण अनुदान ७५ लाख २६ हजार, आन्तरिक आय र अल्या २ करोड १४ लाख ६४ हजार अनुमान गरिएको बजेट  उपाध्यक्ष डम्मरी विष्ट कलेलले प्रस्तुत गर्नु भएको छ ।

प्रस्तुत बजेट तथा योजना माथि अर्को गाउँभाको बैठकमा छलफल गर्ने गरी बैठक समापन गरिएको छ । अर्को गाउँ सभा बैठक यही असार २० गतेका लागी गाउँ सभाका अध्यक्ष भैरव बहादुर साउँदले आव्हान गरेका छन् ।       

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।