२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

बडीकेदार गाउँपालिकाको बजेट तथा योजना पारित

गणेश बहादुर मौनी
असार २२ डोटी

डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेट तथा योजना आज आइतबार गाउँपालिकाको १७ औ अधिवेशनको बैठक नम्बर २ ले पारित गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले असार १० गते ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उक्त बजेट माथि छलफल गर्दै गाउँ सभा बैठकले सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

पालिकाले आगामी आर्थिक वर्षको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण सुशासन र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई विशेष प्राथमिकता दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।