एकेन्द्र चन्द डोटी ,
डोटीका किसानले किबी खेतीबाट आम्दानीको सपना देखे पनि उत्पादन नहुँदा निराश हुनुपरेको छ। ४ वर्षअघि बडिकेदार गाउँपालिका–४ रनुकाँडाका लक्ष्मण ताडिले करिब पाँच रोपनी क्षेत्रफलमा किबी खेती सुरु गर्नु भएको थियो ।तर, किबीले फल नदिँदा मेहनत र लगानी दुबै गुम्ने अवस्थामा पुगेको उहाँले गुनासो गर्नु भयो ।
कृषि ज्ञान केन्द्र डोटीको प्राविधिक सहयोगमा उदय सिंह कृषि तथा बहुउद्देश्य फर्म स्थापना गरेर किबी खेती लगायत अन्य तरकारी खेती गरिरहेको धेरै समय भयो । किबिमा तीन चार वर्ष लगातार लगानी गरियो उत्पादन हुने समयमा समस्या देखिएको उहाँले बताउनु भयो ।
किबि अरु फल भन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकोले कम्तिमा पाँचवटा बोट लगाउँदा एउटा बोट भाले लगाउनु पर्ने हुन्छ। उहाँको बारेमा भालेबोट नभएका कारण यस्तो समस्या देखिएको
र यसलाई टप वर्किङको माध्यमबाट समेत समस्याको समाधान गर्न सकिने कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो।
जिल्लामा १ हजार भन्दा बढी किबिका बोट लगाएर खेती गर्नेको संख्या थोरै भए पनि पछिल्लो समय किबि खेती तर्फ भने आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।















